गुरु पूर्णिमा महिमा बिशेष

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० अषाढ १८, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

-जयराम बिडारी

गुरर्ब्रम्हा गुरुर्बिष्णु
गुरुर्देबो महेश्वर:।
गुरु:साक्षात् परब्रम्ह
तस्मै श्रीगुरवे नम:॥

हामी धार्मिक बिल्कुल छैनौं,छौ त केवल पन्थे र ढोंगी । बास्तविक रुपमा धर्मको मर्म बुझेर

सहि अनुशरण गर्ने हो भने न त कुनै हिन्दु बौदिष्ट,मुस्लिम क्रिश्चियन या अन्य कुनै धार्मिक सम्प्रदायले आफ्नो मौलिक पहिचान नष्ट पारेर अन्य समूदायमा आफूलाइ बिलुप्त पार्नु पर्नेनै हुन्छ ।

देशमा धर्म निरपेक्षता लादिनुमा पनि हाम्रै गलत हर्कतहरुले पनि सहायक भूमिका निभाएका थिएनन् भन्न सकिन्न । किनकि देशमा छोटो अवधीमा क्रिश्चियनिटी बढ़्यो भनेर जुन चिन्ता गरिन्छ त्यसको कारकतत्व पर्गेल्ने चेष्टा समेत हामीले कहिल्यै गरेनौं धार्मिकताका हिसावले मेरो चाहिं हरेक धर्म हिन्दु ,बौद्ध,मुस्लिम, कृश्चियन सवै धर्म प्रति समभाव र श्रद्धा नै छ दुर्भावना गरिनु आवश्यक पनि छैन । तर नक्कली र आडम्बरपूर्ण आर्थिक ,सामाजिक सांस्कृतिक रुपमा मार्ग र पन्थ परिवर्तन गरि समाजमा कुटिलतापूर्वक कलह र बिद्वेशको सृजना गर्ने जुनसुकै बर्ग र समुदायका भएपनि ती चाहिं गोमन साँप समान हुन् । त्यस्तालाइ बेलैमा चिन्नु परमावश्यक पनि छ । त्यसैले हामी हिन्दु बौद्ध मुस्लिम र क्रिश्चियनको नौटंकी बाजका रुपमा आफूलाइ बिभक्त नगरी सर्वप्रथम हामी साँचो अर्थमा पहिला मानव नै हुनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

हिन्दु भित्रैका पनि कतिपय बैद्धिक र कतिपय अबैद्धिक भनिएका बिभिन्न नक्कली पन्थे हरुले मैले अवलम्बन गरिरहेको पन्थ नै सर्वोत्कृष्ट भनेर एकआपसमा मल्लयुद्धमा उत्रिनु भन्दा हामी मानवले उनै परम प्रभु कृपालु संग धर्तिअवतरणका बखतमा गरिएका उधारो सम्झौता यानेकी हे प्रभु मेरो भक्तिको बल अनि अशल कर्मले मेरा पूर्वजुनीका सम्पूर्ण पापहरु पखालेर म हजुरको लोकमा निस्पाप भएर फर्किन चाहन्छु भनेर गरिएको हाम्रा बाचा

भगवान संग गरिएको उधारो संझौता कति प्रतिशत पुरा गर्न सक्षम र सफल भएका छौं ती कुरा सामाजिक संजालको भित्तोमा छरपष्ट पार्नु पर्दैन केवल आत्म मुल्यांकन मात्रै गरे पनि पुग्छ । गुरुपूर्णिमाका उपलक्षमा मेरा सम्पूर्ण मित्रहरु र आइपर्ने सवै खालका परिस्थिति नै मेरा लागि अशल गुरू हुन् । आवश्यकतानुसार तीनले प्रत्यक्ष रुपमा ठोकी पिटीकन यत्तिको आकार प्रकार र स्तरमा पुर्याउन निष्पक्ष रुपमा सहयोगी भूमिका निभाउने सवै खालका संयोग नै अशली गुरू हुन् । त्यसका बावजूद पनि मेरा अनगिन्ति दोषका बावजूद पनि मलाइ मात्रै होइन आधिकारिक रुपमा कसैलाइ चेला नबनाएका कसैको कान नफुकेका कृपाका नाममा चमत्कार नगरेका अनि जीवनपर्यन्त केवल निश्काम भक्तिको लागि मात्रै प्रेरित गरिरहेका साथै तीनै अद्भुत ब्यक्तित्वले मैले एकतर्फि रुपमा गुरू मानेपनि कृपाको बौछार दुइतर्फी नै गरिरहने भक्तियोग रसावतार,निखिल दर्शन सत्सम्प्रदाय समन्वयाचार्य मेरो मात्र नभइ सारा बिश्वकै मूल जगद्गुरुत्तम श्री श्री श्री १००८ कृपालु जी महाराज आफ्ना चेलाहरुको कति चिन्ता गर्नुहुन्छ भने आफू यो भौतिक संसारमा नरहे पनि आफ्ना चेलाले मार्ग नभुलोस् भनेर कुनै न कुनै रुपमा आफ्ना प्रियजन पठाइदिनु भएर आफ्ना चेलाको उद्वार गरिरहनु हुनुहुन्छ जय होस् कृपाको महाशागर कपालुजी महाराज 🙏हजुरलाइ कोटी कोटी बन्दना 🙏

ताजा अपडेट

खोजी गर्नुहोस