नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त थिए ।

‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उनले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस