युनाईटेड सिमेन्ट उद्योगबाट दिनरातै धुँवाको मुस्लो ! स्थानीयको जनजिवन प्रभावित

Post Thumbnail

असार २६,काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका – ९ जुगेडीमा रहेको युनाईटेड सिमेन्ट उद्योगबाट लामो समयदेखि धुँवाको मुस्लो उडिरहेको छ । त्यसबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानियको जनजिवनमै प्रत्यक्ष असर परेको छ । उनिहरु त्यस ठाँउबाट बसाँई सर्नुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ ।

केएल दुगड ग्रुपद्धारा सञ्चालित् युनाईटेड सिमेन्ट उद्योगबाट अत्याधिक मात्रामा ध्वनिसंगै धुलो र धुवाँको मुस्लोका कारण स्थानीयले शास्ती खेप्न बाध्य भएका हुन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कम्पनीले चासो नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानियहरुलाई बसाँई सर्नुपर्ने बाध्यता भएको स्थानीय बताउछन् । केही बर्षअघि सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नाका लागी स्थानीयले पटक पटक विरोध, सुझाव र ज्ञापनपत्र बुझाँउदै आएतापनि उद्योग सञ्चालक र उद्योगमा कार्यरत् कर्मचारीहरुले त्यसलाई वेवास्ता गर्दै आएका छन् ।

उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसंगै उद्योग सञ्चालन गर्दा ठुलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछी अहिले धुनिवेशी नगरपालिका वडा नम्बर ९ जुगेडीबासीले हैरानी खेप्न बाध्य हुन परेको स्थानियबासी बताँउछन् । धुनिबेसी नगरपालिका ९ जुगेडी घर भएकी स्थानिय रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमासमेत असर गरेको बताईन् ।

उद्योग सञ्चालनपछी उद्योग आसपासका मात्र नभएर उद्योगदेखी केहि टाढाका मानवबस्तीमा समेत असर परेको उनले बताईन् । उद्योग सञ्चालनपछी शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भैरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उनी बताँउछिन् । “मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी फल्दैन, फलेपनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाँउ कृषी क्षेत्र हो, फलफुल फल्ने ठाँउ पनि हो, त्यहि फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौं । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफुलहरु फुल लाग्दैगर्दा झरेर जान्छन् केहि पनी फल्दैन ।”

उद्योेग सञ्चालकसमक्ष स्थानियले पटक–पटक गुनाशो गर्दापनि व्यवास्ता गरेपछी उनिहरुले समुहगत रुपमै दवाव गर्ने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको छन् । जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४ सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुँवा निकाल्ने हुँदा आफुहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार ध्वनी र धुँवा धुलो नियन्त्रण गर्न भनेका छौं, तर उद्योगका कर्मचारीहरुले त्यसको ब्यवास्ता गर्दै आएका छन् ।” उनले भने । “सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषी बालीमा पनि उस्तै असर परेको छ ।”

उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दावी गरेको छ । यद्यपी कम्पनीले भने यस विषयमा बोल्न चाहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस