आजबाट देशभर ‘बगान’ फिल्म प्रदर्शनमा, एकल आमाहरूलाई नि:शुल्क देखाइने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

काठमाडौँ । प्रिमियरमा तारिफ पाएको चलचित्र ‘बगान’ रिलिज भएको छ । आज शुक्रबारदेखि रिलिज भएको सो चलचित्रले देशभरका ८० भन्दा बढि हलमा १०० भन्दा बढी शो पाएको छ ।

अभिनेता सरोज खनालद्वारा निर्देशित गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

यो चलचित्रले देशभर नै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस