साउन ३,काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ ले वडावासीलाई सुन्तालाको विरुवा निशुल्क रुपमा वितरण गरेको छ । नगरपालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्तर्गत वडा नम्बर ६ को कालीदेवी थान, खत्री टोल, कोईराला टोल, मगर गाउँमा करिब ३ हजार सुन्तलाको विरुवा निःशुल्क वितरण गरेका छ ।
यस क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य अनुरुप सुन्तलाको विरुवा वितरण गरिएको वडा अध्यक्ष रमेश आचार्यले बताएका छन्। यसो त अध्यक्ष आचार्यले आफ्नो चुनावी एजेण्डामध्ये वडालाई सुन्तला पकड क्षेत्र बनाउने योजना प्राथामिकतामा राखेका थिए ।
अहिले ३ हजार विरुवा माग भए अनुसार वितरण गरिएको र अरु किसानले पनि माग गरेमा आगामी वर्ष पनि यसलाई निरन्तरता दिने वडा अध्यक्ष आचार्यको भनाई छ । आचार्यले सुन्तलाको विरुवा वितरणमात्रै नगरी यसलाई हुर्काउने विषयमा समेत वडा गभ्रि रुपले लाग्ने बताए । उनले वडाले यस विषयमा अनुगमन समेत गर्ने बताए । सुन्तलाको बिरुवा निशुल्क पाएपछि वडावासी खुसी भएका छन् । सुन्तला पकेट क्षेत्र बनाउन नगरपालिकाले सकेको सहयोग समेत गर्ने वडा अध्यक्ष आचार्यले बताए ।