सन्दीपको मुद्दा कार्कीको इजलासमा, फैसलाको सम्भावना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र २१, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा आज (बिहीबार) हुँदैछ । उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ ।

उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ । यसअघि सन्दीपको मुद्दाको बहस पटक–पटक स्थगित हुँदै आएको छ । जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो । यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । सन्दीप एसिया कपमा मुद्दाका कारण टिमसँगै पाकिस्तान जान पाएका थिएनन् । तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए । पाकिस्तान र भारतसँगको खेलपछि नेपाली टोली समूह चरणबाटै बाहिरिँदै बुधबार मात्र स्वदेश फर्किएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस