अभिनेता अनमोल केसी थुनामुक्त

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौँ । अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् । उनलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि समय सकिएकाले हाजीरी जमानीमा उनलाई रिहा गरिएको हो ।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’ का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस