‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’..बोलकी गायिका खातीको निधन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौँ । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति निधन भएको हो ।

सन् १९३९ अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् ।

अविवाहित दिलमायाले संगीतकार एवं गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग सहकार्य गरेकी छन् ।

उनले ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा…..’, ‘खोलाको दुई किनार……’, ‘सम्हाल पछ्यौरी….,’ ‘सम्झे है बुझे है यो मेरो जोवन…..’, लगायत एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस