असोज २१, काठमाडौँ । सरकारले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने जनाएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केही हताहत भएको हुन सक्ने बताए ।