इजरायलमा १० नेपालीको निधन, कसरी भयो आक्रमण ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २२, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौँ । इजरायलमा १० नेपालीको निधन भएको पुष्टि भएको छ । प्यालेस्टायनी इस्लामिक समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका दश नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । शनिबार हमासले इजरायलमाथि गरेको आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन् ।

उक्त आक्रमणमा १० जना नेपालीको निधन भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

त्यस्तै पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ ।

उनका अनुसार आक्रमणमा तीन जना घाइते भएका छन् । सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् । भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस