नेपालका भूकम्पपीडितलाई थप २८ करोड सहयोग गर्ने चीनको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २२, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौँ । छिमेकी देश चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन् ।

चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो ।

उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ । चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो । राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १३ मिलियन आरएमबी अर्थात् नेपाली एक करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस