जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम

फागुन २४, काठमाण्डौँ । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।

आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस