धनगढीमा छिमेकीको कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
धनगढीमा छिमेकीको कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ

धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ८ को धनगढी गाउँमा ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस