फागुन ३०, काठमाडौँ । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।
जनकपुर उपमहानगरपालिका ९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली खटाउने सहमति भएको हो । सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३र३ जनाले हस्ताक्षर गरेका छन् ।
मंगलबार गृहमन्त्रालयमा अवेर राति भएको सहमतिपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले धनुषाकी आरती साहको परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाएका छन् ।