भारत सरकारद्वारा निर्मित ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

भारत सरकारद्वारा निर्मित ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन

चैत्र १०, काठमाण्डौँ । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवनको नेपाल सरकार शहरी विकास मन्त्रालयका माननीय मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले २०८० चैत्र ९ गते संयुक्त रुपमा उद्घाटन गरे ।

समारोहमा ललितपुर विकास समाजका अध्यक्ष श्री बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता क्ष्ल्त्ब्ऋज् का प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन तथा आवास० ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

माननीय मन्त्रीले आफ्नो मन्तव्यमा भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे ।
उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।

भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने साझा प्रयास रहेको छ । यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्घता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५०००० निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।

७। यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस