बैशाख १, काठमाण्डौँ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सामुदायिक बनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ।
गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उचारकाको क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए ।
उपचारको क्रममा एक जना राती र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ । काठमाडौंमा मृत्यु हुनेमा १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो।