अधिकतम तापक्रम घट्ने

आगामी साता पानी पर्ने अनुमान

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • २५० पटक पढिएको
आगामी साता पानी पर्ने अनुमान

बैशाख २१, काठमाडौँ । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस