धार्मिक क्षेत्रको प्रवर्धनमा टेवा

चन्द्रागिरीमा सम्पदा पैदलयात्रा हुँदै, २२ सय पदयात्री सहभागी हुने

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • १८१ पटक पढिएको
चन्द्रागिरीमा सम्पदा पैदलयात्रा हुँदै, २२ सय पदयात्री सहभागी हुने

बैशाख २१, काठमाडौँ । काठमाण्डौँको चन्द्रागिरि नगरपालिकाले बृहत् ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाको सहकार्यमा चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसी)ले सो पदयात्राको संयोजन गरेको हो । नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थलका सम्पदाको प्रवर्द्धन एवं पहिचान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागीएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाभित्र रहेका १५ वटै वडामा रहेका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धन गर्न यो पदयात्रा गर्न लागिएको र यसको तयारी पूरा भएको जनाईएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय सम्पदाको वास्तविक अवस्थाका बारेमा जानकारी तथा अवलोकन गर्न र स्वास्थ्यका लागि हिँडाइको महत्व बुझाउन पनि यो पदयात्रा फलदायि हुनेमा आयोजकले बिश्वास लिएको छ ।

चन्द्रगिरि नगरपालिका परिसरबाट सुरु हुने पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकाप खेलमैदानमा समापन हुने छ । दुई हजार दुई सय जना सहभागी हुने सो पदयात्रामा २२ किमी पदयात्रा हुने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस