पटक–पटक शिखरमा

आफ्नै रेर्कड ब्रेक गर्दै कामीरिता शेर्पाले गरे २९ औँ पटक सगरमाथा आरोहण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (११ महिना अघि)
  • २२४ पटक पढिएको
आफ्नै रेर्कड ब्रेक गर्दै कामीरिता शेर्पाले गरे २९ औँ पटक सगरमाथा आरोहण

बैशाख ३०,काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

कामीरिताले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस