डेनमार्कको राजधानी कोपनहेगनमा चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १४७ पटक पढिएको
डेनमार्कको राजधानी कोपनहेगनमा चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

जेठ १, काठमाण्डौँ । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।

कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले बैशाख २९ गते शनिबार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो ।
प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए । ती चित्रहरु नेपालको समाज र संस्कृति झल्किने खालका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस