जबरजस्ती करणी मुद्दा

सन्दीप लामिछानेको मुद्दामाथी सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १२३ पटक पढिएको
सन्दीप लामिछानेको मुद्दामाथी सुनुवाई हुँदै

जेठ १,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ। जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेपछि त्यसविरुद्ध उच्च अदालतमा सरकार र सन्दीप दुवै पुगेका थिए ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ को जाहेरीमा सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको थियो ।

फैसलामा जिल्लाले दुई वटा कुरामा व्याख्या गरेको थियो । जिल्ला अदालतले जाहेरीकर्ता गौशाला २६ लाई बालिग ठहर गरेको थियो । उनलाई बालिग ठहर गरेसँगै सजाय फौजदारी संहिता अन्तर्गत कम भएको थियो । नाबालिग करणीमा १२ वर्षसम्म कैद हुनेमा उनलाई आठ वर्ष मात्र ठहर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस