जिउँदै जलाइएका व्यक्ति

काभ्रेको पाँचखालमा जिउँदै जलाइएका व्यक्तिको पहिचान खुल्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २, बुधबार (११ महिना अघि)
  • ४७८ पटक पढिएको
काभ्रेको पाँचखालमा जिउँदै जलाइएका व्यक्तिको पहिचान खुल्यो

जेठ २, काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा केहि दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक दोलखा भीमेश्वर नगरपालिका–६ चरिकोटका विष्णु प्रसाद सुवेदी भएको पुष्टि भएको हो । उनको दाँतबाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ । उनले माथिल्लो भागमा ३ वटा र तल्लो भागमा ९ वटा दाँत हालेका थिए ।

उनको ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि घर छ । टिकाथलीबाट वैशाख २३ मा उहाँ दोलखाका लागि हिडेका थिए । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर उनले –‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’ भनेर खबर गरेका थियो । तर उनको शव भेटिएको हो ।

उहाँलाई रूखमा मुखमा तार बाँधेर जिउँदै आगो लगाएको पाइएको छ ।

#जिउँदै जलाइएका व्यक्ति

ताजा अपडेट

खोजी गर्नुहोस