लागुऔषध तस्करी

ठुलो मात्रामा लागुऔषध कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहको सदस्य पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • ११८ पटक पढिएको
ठुलो मात्रामा लागुऔषध कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहको सदस्य पक्राउ

जेठ ३,काठमाडौँ । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको कोकिन प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले पत्रकार सम्मलेन गरेर जानकारी दिने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस