हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

जेठ ९, काठमाण्डौँ ।  हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो ।

आइआइटि रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (नेक) ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गरिएको छ ।

कार्यशालामा नेकका पूर्व प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कार्यवाहक प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र नेक सिपसएसका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले कार्यशालामा भाग लिनुभएको थियो ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. विष्णुप्रसाद पाण्डेले विश्वव्यापी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा घट्ने पानीको मात्रा र यसबाट पर्नजाने दवाव तथा पूर्वाधारको डिजाइनमा पर्ने प्रभावबारे मूल कार्यपत्र पेश गर्नुभयो । रिफ्रेस नामाकरण गरिएको हिमाली क्षेत्रको पानीको संकटासन्नता सम्बन्धित क्षेत्रीय शोध आयोजनामा नेपाल, भारत र भुटानका शैक्षिक संस्थाहरूको सहभागिता र सहकार्यमा उक्त तीन वर्षीय शोध आयोजना सञ्चालित छ ।

भारतको एनआइएचका प्रा.डा. विशाल सिंको अध्यक्षतामा भएको कार्यशालाको प्राविधिक सत्रमा आइआइटि रूडकीका प्रा.डा. आशुतोष शर्माले शोध आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने भारतकै विश्वविद्यालयका चार जना विद्यावारिधिका विद्यार्थीहरूले शोध आयोजना अन्तर्गत गरेका प्रगतिहरू प्रस्तुति गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस