कैलाश सिरोहिया

कैलाश सिरोहिया अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १२, शनिबार (११ महिना अघि)
  • ७८ पटक पढिएको
कैलाश सिरोहिया अस्पताल भर्ना

जेठ १२, काठमाण्डौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए ।
काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे पुर्‍याइएको थियो । एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।

‘त्यहाँ उहाँको उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो ।

# कैलाश सिरोहिया

ताजा अपडेट

खोजी गर्नुहोस