नारायणगढ–मुग्लिन

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १३, आईतबार (११ महिना अघि)
  • १०८ पटक पढिएको
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु

जेठ १३, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आईतवार बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । पहिरोपछि केही समयका लागि अवरुद्ध भएको सडक भने सञ्चालनमा आएको छ ।

#नारायणगढ–मुग्लिन

ताजा अपडेट

खोजी गर्नुहोस