हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन

हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन

जेठ ३०, काठमाण्डौँ । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो । यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो। सम्मेलन जुन १० सम्म चलेको थियो ।

सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो ।

संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, हामीले दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी आयोजना गर्यौं। गोष्ठीमा अन्तरक्रियात्मक संस्कृति कार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि  डिजाइन गरिएको विशेष सत्रहरू समावेश थिए।

ताजा अपडेट

खोजी गर्नुहोस