पहिरो

संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ जेष्ठ ३०, बुधबार (१० महिना अघि)
  • ११३ पटक पढिएको
संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

जेठ ३०, काठमाण्डौँ । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारु घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस