गोली प्रहार

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३२, शुक्रबार (१० महिना अघि)
  • १११ पटक पढिएको
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

जेठ ३२, बारा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण साहमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आदर्श कोतवाल गाउँपालिका–३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दाधीराम न्यौपानेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

#गोली प्रहार

ताजा अपडेट

खोजी गर्नुहोस