आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • ९४ पटक पढिएको
आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

असार ६,काठमाडौँ । लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो ।

कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताए । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट, डडेलधुरा, लमजुङ, मोरङ, झापा, सर्लाही, सुनसरी, चितवन र गोरखामा वर्षा भएको छ ।

यस्तै गएराति पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस