असार ८, थाक्रे । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले १५ औँ गाउँसभाको आयोजना गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा मूख्य ११ वटा क्षेत्रहरुलाइ समेटिएको छ । आर्थिक विकास तर्फ एक वडा एक उत्पादन, कोशेली घर निर्माण, अर्गानिक खेतीलाई प्रोत्साहित, विपन्न सँग अध्यक्ष, उद्यमी सँग उपाध्यक्ष लगायत निती समेटिएका छन् । सामाजिक विकास तर्फ सबैका लागि प्राथमिक स्वास्थ्य सेवा, घरमा शुन्य प्रसुती घोषणा अभियान लगायत शैक्षिक सुधारको वर्षको रुपमा विकास गर्ने निती छ ।
यस्तै पुर्वाधार विकास तर्फ आग्रा महेश जलाधार क्षेत्र विकास गुरुयोजना लगायतको विषय छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, श्रम तथा रोजगार, वन वातावरण तथा विपद् व्यवस्थापन, सँस्थागत विकास, सेवा प्रवाह, सुचना प्रविधी र सुशासन यस्तै आन्तरिक राजश्व, न्यायिक सम्पादन, सामी कार्यक्रम र गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम तर्फ पनि विभिन्न कार्यक्रम तथा नितीलाई समावेश गरिएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र न्यायिक समिती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । नीति तथा कार्यक्रम, आर्थिक विधेयक र न्यायिक समिती प्रतिवेदन माथी राय, सल्लाह, सुझाव र छलफल पछि सर्वसम्मत रुपमा पारित भएको हो ।
आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक भने आगामी आईतबार ल्याईने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले बताए ।
#नीति तथा कार्यक्रम