निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १६, आईतबार (९ महिना अघि)
  • ६२ पटक पढिएको
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

असार १६, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ ।

वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाइने भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
निकुञ्जले हरेक वर्ष बर्खायाममा सफारी लगायतका गतिविधि बन्द गर्दै आएको छ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएको थियो ।
निकुञ्जभित्रका गतिविधि बन्द भए पनि पर्यटकले मध्यवर्ती सामुदायिक वनमा भने हात्ती, जीप, पैदल सफारी गर्न पाउने छन् ।

#निकुञ्ज

ताजा अपडेट

खोजी गर्नुहोस