कटारी नगरपालिकामा खाद्य तथा जिन्सी सामाग्री बैँक सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ अषाढ १७, सोमबार (९ महिना अघि)
  • २५८ पटक पढिएको
कटारी नगरपालिकामा खाद्य तथा जिन्सी सामाग्री बैँक सञ्चालनमा आयो

असार १७,उदयपुर । कटारी नगरपालिकामा खाद्य तथा जिन्सी सामाग्री बैँक सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ३ मा रहेको कटारी बजारमा खाद्य तथा जिन्सी सामाग्री बैँक सञ्चालनमा आएको हो । कपडा तथा खाद्यन्न बैँकका संयोजक धु्रव कार्कीले सबैको सहयोगमा संस्थालाई दिगो ढंगले चलाउन सकिने बताए । उनले यस्तो किसिमको प्रयास पटक–पटक भएपनि दिगोरुपमा सार्थकता नपाएकोले सबैजना मिलेर यसलाई निरन्तरता दिनु महत्वपुर्ण हुने बताए ।

कार्कीले यस अभियानको नारा नै हुनेसंग लिने र नहुनेलाई दिने भएकोले यो नितान्त सेवामुलक कार्य भएको बताए । खाद्य तथा जिन्सी सामाग्री बैँकको उद्धघाटन गर्दै नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले खाद्य तथा जिन्सी सामाग्री बैँकले पुराना कपडालाई व्यवस्थापन गर्न र एक छाक पनि खान नपाएकालाई यस बैँकबाट काम गर्न सकिने बताए ।

उनले नगरपालिकाले यस्तो अभियानलाई खुलेर सहयोग गर्ने बताए । श्रेष्ठले यो अभियानमा सबै नगरवासी जोडिन समेत आग्रह गरे । नगर उपप्रमुख गिता खड्काले यसलाई सबैको सामुहिक हातले खाद्य तथा जिन्सी सामाग्री बैँक चल्ने बताइन । उनले सेवा गर्ने अवसर यस अभियानबाट प्राप्त हुने बताइन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष पुष्कर खड्काले बजेटमा नै यस्तो खाले कार्यक्रम अघि सारेको र नगरपालिकासंगको लामो छलफलपछि कपडा र खाद्य तथा गैर खाद्य बस्तुको संकलन गर्ने र यसको प्रयोगको लागि जानकारी गराउने उदेश्य रहेको बताए । उनले यस्तो किसिमको कार्य नगरपालिकाको अन्य वडामा समेत हुनपर्नेमा जोड दिए । वडा अध्यक्ष खड्काले आम वडावासीको समस्याहरु विस्तारै सम्बोधन गर्दै जाने तयारीमा रहेको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस