बलात्कार आरोपी इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ अषाढ १९, बुधबार (९ महिना अघि)
  • १३० पटक पढिएको
बलात्कार आरोपी इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

असार १९,काठमाडौँ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस