धादिङवेशीमा कारभित्र सुटकेस फेला,सडक सिल गरियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • १४६ पटक पढिएको
धादिङवेशीमा कारभित्र सुटकेस फेला,सडक सिल गरियो

असार १९,धादिङ । धादिङमा सडकछेउ पार्किङ गरिराखेको कारभित्र सुटकेस राखेको पाइएपछि नेपाली सेनालाई बोलाइएको छ।

बुधबार दिउँसो साढे २ बजेतिर धादिङबेशी बजारस्थित सडक छेउमा बा १६ च ९१७२ नम्बरको कार पार्किङ गरी राखिएको थियो। उक्त कारको लक गरिएको थिएन।

‘गाडी अनलक रहेछ, शंकास्पद व्यक्तिले कारको पछाडि खैरो रंगको सुटकेस राखेर गएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘चालक फर्किँदा सुटकेस देखेछन्। अनि हामीलाई खबर आयो।’

कारको सिटमा राखेको सुटकेस शंकास्पद भएपछि सडकमा सिल गरिएको छ।

प्रहरीले नेपाली सेनालाई घटनास्थलमा बोलाएको छ। सुटकसभित्र के सामान छ खुलेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस