वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २२, शनिबार (९ महिना अघि)
  • ९७ पटक पढिएको
वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध

असार २२,सिन्धुली । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका(६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस