अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ३१, सोमबार (९ महिना अघि)
  • १०६ पटक पढिएको
अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन

असार ३१,काठमाडौँ । मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिइन ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । तर अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको हो। आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस