धुनिबेशी डोजोको प्रमुख मिथुन घिसिङलाई अन्तराष्ट्रिय एकेएफ लाईसेन्स

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ श्रावण ४, शुक्रबार (९ महिना अघि)
  • १२६ पटक पढिएको
धुनिबेशी डोजोको प्रमुख मिथुन घिसिङलाई अन्तराष्ट्रिय एकेएफ लाईसेन्स

साउन ४,काठमाडौँ । धादिङको धुनिबेसी कराँते डोजोका प्रमुख मिथुन तामाङ (घिसिङ) ले अन्तराष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गरेका छन् ।

भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गर्दै उनले सो लाइसेन्स प्राप्त गरेका हुन् ।

केहि महिना अघि मात्रै राष्ट्रिय रेफ्री लाईसेन्स लिएका उनले अहिले एसियाली कराँते महासंघले भुटानमा लिएको परिक्षा पास गरे सँगै उनी अन्तराष्ट्रिय रेफ्री बनेका छन् ।

०५४ सालबाट कराते खेल्न सुरु गरेको उनले २०६४ साल देखि ककनी डोजो नुवाकोटमा प्रशिक्षक भै खेल सिकाउन थालेका थिए ।

०७४ साल देखि धुनिबेशी डोजोको प्रमुख रहेका उनले आफ्नो सफलतामा दाजु हरि लामा र ठमेल डोजोका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषदको कराते प्रशिक्षक सन्तोष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस