सडक अबरुद्ध

फिस्लिङमा लेदोसहितको पहिरो: मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ७, सोमबार (९ महिना अघि)
  • १४५ पटक पढिएको
फिस्लिङमा लेदोसहितको पहिरो: मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध

|फिस्लिङमा पहिरो पन्छाउदै डोजर । फोटो: दान बहादुर गुरुङ

साउन ७,फिस्लिङ । चितवनको फिस्लिङमा लेदोसहितको पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।

बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस