|फिस्लिङमा पहिरो पन्छाउदै डोजर । फोटो: दान बहादुर गुरुङ
साउन ७,चितवन । मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको फिस्लिङमा लेदोसहितको पहिरो खस्दापूर्णरुपमा अबरुद्ध भएको थियो ।
लेदो माटोसहितको पहिरो पन्छाएपछि सडक खुलेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार पहिरो पन्छाउने काम सकिएको हो । सबै पहिरो पन्छाएर बाटो खुलेपनि सो आसपास सवारी चाप रहेको छ ।
बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको थियो ।