साउन १९, वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एम।जे।एफ।ले तीन जनालाई ह्विल चेयर सहयोग गरेको छ । वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच तीन जनालाई क्लबले ह्विल चेयर प्रदान गरेको हो ।
क्लबकै सदस्य निर्मलकान्त गुप्ताको प्रायोजनमा रौतहटका बच्चालाल भगत, आशिक कुमार पण्डित र सुकन हजारा दुसादलाई ह्विल चेयर प्रदान गरिएको हो । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका अध्यक्ष लायन बिनोद खण्डेलवालको अध्यक्षतामा भएको ह्विल चेयर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व डिष्ट्रिक्ट गर्भनर देवकीनन्दन डिएन अग्रवालले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका कार्यको सह्राना गरे ।
माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह, क्लबका एरिया चिफ श्याम गुप्ता, क्लबका पूर्व अध्यक्ष बिपिन पोख्रेल लगायतले क्लबको समाजप्रतिको योगदानको बारेमा चर्चा गरे ।
सामाजिक अभियानता प्रकाश थारुले ह्विल चेयर आवश्यक भएका व्यक्तिहरुको खोजी गरेका थिए । ह्विल चेयर पाउनेहरुले क्लबप्रति आभार प्रकट गर्दै आफ्नो दैनिकीलाई केही सहज र सरल बनाउने प्रतिक्रिया दिएका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एम।जे।एफ।का सचिव रोशन गुप्ताले ह्विल चेयर हस्तान्तरण कार्यक्रमको सहजीकरण गरेका थिए ।
# ह्विल चेयर
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।