अबैध कारोबारी

इन्स्पेक्टर भुजेल ड्युटी र जिम्मेवारी छाडेर कमाउ धन्दा, अबैध कारोबारीहरुसँग यस्तो छ सेटिङ !

इन्स्पेक्टर भुजेल ड्युटी र जिम्मेवारी छाडेर कमाउ धन्दा, अबैध कारोबारीहरुसँग यस्तो छ सेटिङ !

साउन २०, वीरगञ्ज । सशस्त्र प्रहरीका इन्स्पेक्टर प्रकाश भुजेल अहिले आफ्नो ड्युटी र जिम्मेवारी भन्दा पनि कमाउ धन्दामा लागेको घटना बाहिरिएको छ । अवैध रुपमा भारतबाट तस्करी गरि विभिन्न सामानहरु नेपाल भित्र्याउने अबैध कारोबारीहरुसँग रकम असुल्दै कमाउ धन्दामा लागेको बताइएको छ । इन्स्पेक्टर भुजेलको मिलेमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा नाकाबाट धान, गहुँ लगायत खाद्यान्नका परिकारहरु, किराना सामान, काजु, पेय पदार्थ, चिनी, चामल, मैदा, पनिर मसाला, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु(प्याज जस्ता सामानहरु खुलेयाम रुपमा तस्करी भइरहेको छ ।

यसको साथसाथै सो नाकाबाट प्रतिबन्धित औषधी, पानमसाला, राजनिवास, रजनीगन्धा लगायत सुर्तीजन्य पदार्थ, कुखुराको चल्ला र त्यारी ब्वाइलर कुखुराको तस्करी मौलाएको छ । यसको साथै कपडा, इलेक्ट्रोनिक्स पार्टस्, कस्मेटिक सामान सहित हार्डवेयरका सामानहरु तस्करी भइरहेको पाइएको छ । नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ । प्रसौनीभाठ्ठा नाकाबाट छालाको पनि तस्करी भइरहेको छ । तस्करहरुले नेपालका विभिन्न ठाउँबाट खरिद गरेर मिनी ट्रक पिकअपमा लोड गरि प्रसौनीभाठ्ठा गाउँमा अनलोड गरि थोरै थोरै गरेर भारततर्फ कटाउने गरेका छन् ।

केही कुख्यात तस्करहरु सो नाकाबाट राँगाभैंसी तस्करी गर्न ठूलो लाईन पाएका छन् । अवैध राँगाभैसीको लस्कर प्रसौनीभाठ्ठा बिओपि पछाडीको खोला छेउबाट नेपालतर्फ भित्रँदा समेत प्रहरीले कुनै चासो देखाउदैन झन सहजीकरण गर्ने गरेको स्थानीयहरुको भनाई छ । प्रसौनीभाठ्ठा चौकमा १र२ जना तस्करहरुले आखा छल्न देखावटी रूपमा पसल नै संचालन गरेर राती(राती बोर्डर कटाएर तस्करीका समान भण्डारण गर्ने र दिनको समयमा पर्साको विभिन्न ठाउँमा पठाउने गरेका छन् । यतिमात्र हैन, यसनाकाबाट प्रहरी प्रशासनकै मिलोमतोमा लागूऔषधको समेत कारोबार भइरहेको बताइएको छ । सिमामा सशस्त्र प्रहरीले तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिनभरि तस्करीका सामान प्रसौनीभाठ्ठा गाउँमा भण्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउँमा पठाउने गरिएको छ ।

यस्तै, नेपालको तुलनामा भारतमा पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम बढेको छ । प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाँडे झै लाईन दिएपछि तस्करहरुले खुलेयाम रुपमा भन्सार छलीका सामानहरु तस्करी गरी पर्साका ग्रामीण बजार पोखरिया, केहुनिया, महुवन बजार, बिश्रामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रङ्गपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन् ।

सशस्त्र प्रहरीका इन्स्पेक्टर भुजेल एक विवादास्पद छविले परिचित सशस्त्र प्रहरी अधिकृत हुन् । उनी विगत तीन(चार वर्षदेखि पर्सामा कार्यरत छन् । अहिले उनी कमाउ अड्डा भनेर चिनिने जिल्लाको बोर्डर आउट पोष्ट बीओपी प्रसौनीभाठ्ठामा कार्यरत छन् । यसअघि पनि उनी बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा २० महिना जति कमाण्ड सम्हालिसकेका छन् । उनलाई यस जिल्लाको ग्रामीण नाकाबाट हुने तस्करीको कुनाकोप्चाका बारेमा जानकार रहेकोले तस्करीको लाइन दिन सहज भएको स्थानीयहरुको भनाई छ ।

तस्करीको भिडियो प्रमाण सहित समाचार प्रकाशनमा आएपछि भुजेललाई एकदिन दिनभरी गणमा तानेर राती सचेत गराएर पुनः त्यहीँ बिओपीमा फिर्ता पठाइएको थियो । अर्को दिन पनि तस्करीको सुचना उनले तस्करसँग चुहाएको यस्तो सम्बेदनशील विषयमा सशस्त्र प्रहरी उपरीक्षकले कारवाही नगरि सामान्य सोधपुछ गरेर उन्मुक्ति दिएका थिए । जसले गर्दा इन्स्पेक्टर भुजेलको तस्करीमा सघाउने मनोबल झन बढेको छ । यसबाट इन्स्पेक्टरलाई उनकै निकायका जिल्लाका हाकिम ९प्रहरी उपरीक्षक० ले संरक्षण गरि रहेको पनि पुष्टि हुन्छ । यस विषयमा सशस्त्र प्रहरी मधेश प्रदेश बाहिनी बर्दिबासका सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआईजी० कालिदास धौवजीलाई समेत जानकारी भएपनि इन्स्पेक्टरलाई कारबाही हुन सकेको छैन ।

इन्स्पेक्टर भुजेलले सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण, हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० राधेश्याम धिमाल र सशस्त्र प्रहरी मधेस प्रदेश बाहिनीका डिआईजी कालिदास धौवजीलाई समेत बुझाउनुपर्ने भन्दै तस्करहरुसँग अवैध रकम असुली गरि रहेको तस्कर श्रोतले जनाएको छ । इन्स्पेक्टर भुजेल सीमा क्षेत्रमा कार्यरत रहँदा तस्करी गराएको भन्दै पटक पटक विवादमा मुछिएका छन् । तर, उनीमाथि सशस्त्रको गण, बाहिनी र मुख्यालयले अहिलेसम्म छानबिन गरेको छैन । यसबारे सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नं। १३ गण, हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक एसपी राधेश्याम धिमालसँग बुझ्दा यहाँबाट त्यस क्षेत्रमा टोली खटेको छ, त्यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर निगरानी गरिरहेको भन्दै प्रमाणसहित फेला परे कारवाही गर्ने बताए ।

#अबैध कारोबारी

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस