नेप्सेमा पहिरो गएपनि कारोबारमा रेकर्ड ब्रेक !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २२, मंगलबार (८ महिना अघि)
  • १५६ पटक पढिएको
नेप्सेमा पहिरो गएपनि कारोबारमा रेकर्ड ब्रेक !

साउन २२,काठमाडौँ । सेयर बजारनेप्से परिसुचकमा आज सोमबार पहिरो गएको छ । तर कारोबार रकममा भने फेरि नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २३ अर्ब ७१ करोड नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । बुधबार एकैदिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रूपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैया रहेकोमा आज रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । आज शेयरबजार नेप्से परिसुचक पनि ६४ दशमलब २६ अंकले वृद्धि भएको छ ।

कारोबारले रेकर्ड ब्रेक गर्दा नेप्सेमा पहिरो

आज नेप्से परिसुचक १ सय ४५ अंकले घटेर २६ सय ५१ दशमलब ३२ अंक पुगेको छ । अधिकांश कम्पनीको कारोबार राताम्मे भएको छ । शेयरबजारमा उच्च गिरावट हुँदापनि थ्री स्टार हाइड्रोपावर कम्पनीले दश प्रतिशतको सकारात्मक सर्किट हानेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस