‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ बोलका गायक प्रकाश तिमल्सिना अब रहेनन्

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ श्रावण २७, आईतबार (८ महिना अघि)
  • ३३ पटक पढिएको
‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ बोलका गायक प्रकाश तिमल्सिना अब रहेनन्

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिएका छन् ।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस