डोटीमा यात्रुवाहक बस दुर्घटना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण ३२, शुक्रबार (८ महिना अघि)
  • ६६ पटक पढिएको
डोटीमा यात्रुवाहक बस दुर्घटना

साउन ३२,काठमाडौँ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस