सेन्ट लरेन्स कलेजद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई विदाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ४, मंगलबार (८ महिना अघि)
  • ८३ पटक पढिएको
सेन्ट लरेन्स कलेजद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई विदाई

भाद्र ४, काठमाण्डाैँ । काठमाडौँ महानगरपालिका वडा ७ चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले आफ्नो २६औँ ब्याजका कक्षा १२ मा अध्यायन गर्ने विद्यार्थीहरूलाई विदाई गरेको छ ।  आज आयोजित एक समारोहका बीच सेन्ट लरेन्सले ५०० बढि विद्यार्थीहरूलाई विदाई गरेको हो ।

कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले गरेमा थिए ।  कार्यक्रममा प्रधानाध्यापक पुरूषोत्तम महर्जन, किमचेन युनिभर्सिटी कोरियाका प्रोफेसर बेङ्गिल पार्कका, प्रवन्ध निर्देशक तारा प्रसाद सुवेदी, प्रवन्ध निर्देशक अजय खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सेन्ट लरेन्सका प्रवन्ध निर्देशक तारा प्रसाद सुवेदीले कक्षा १२ उत्तीर्ण विद्यार्थीमध्यले सेन्ट लरेन्सबाट नेपालभर उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई आगामी उच्च शिक्षाका लागि शुभकामना ब्यक्त गरे । उनले सफलता पूर्व उच्च शिक्षा सम्पन्न गर्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले विद्यार्थीहरूको मानसिकता देशै खत्तम छ भन्ने तर्फ अगाडि बढेको बताउँदै उच्च शिक्षाका लागि विदेश होइन नेपाल नै रोज्न आग्रह गरे ।

त्यस्तै, शिक्षकहरूका तर्फबाट आफ्नो मन्तव्य राख्दै महेश तिमल्सिनाले, उच्च शिक्षाका लागि विद्यार्थीहरूले नेपालमानै अबसर खोज्न आवश्यक रहेको बताए । उनले भविष्य निर्माणका लागि विदेश नै जानु पर्छ भन्ने भाष्य तोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गरे ।

त्यस्तै, सेन्ट लरेन्स कलेजका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले कक्षा १२ उत्तिर्ण गरेर स्नातक तह तर्फ अगाडि बढ्दै गर्दा आफ्नो भविष्यलाई पनि अगाडि बढाउन आवश्यक रहेको बताए । आगामी दिनमा तपाईंहरूले छनोट गर्ने भविष्यले तपाईंको परिवारको र आगामी यात्रा तय गर्ने उनले बताए। सेन्ट लरेन्ट उत्कृष्ट १० कलेज मध्येको कलज रहेको बताउदैँ उनले विद्यार्थीहरूले उच्च शिक्षालाई अगाडि बढाउन र भविष्यलाई अगाडि बढाउन सेन्ट लरेन्स सँगसँगै सहकार्य गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरे । उनले अबबाट तपाईहरूको नयाँ यात्रा, नयाँ च्याप्टरको शुरूवात भएको महर्जनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस