पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा भुलन प्रसाद सोनार पुनः निर्वाचित

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा भुलन प्रसाद सोनार पुनः निर्वाचित

भाद्र ५, वीरगञ्ज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा भुलन प्रसाद सोनार पुनः निर्वाचित भएका छन् । भुलनले आफ्नो प्रतिद्वन्दी प्रवेश कुमार प्रसाद सोनारलाई १३ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भुलनले कुल १६२ मत प्राप्त गरे भने प्रवेशले १५९ मत ल्याएका थिए ।

संघको अन्य पदाधिकारीहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्ष पदमा कौशलकिशोर सर्राफ र जय प्रकाश सर्राफ विजयी भएका छन् । कौशलले १५३ मत प्राप्त गरे भने जय प्रकाशले १४४ मत पाए। महासचिव पदमा अनिल कुमार सरार्फले १७७ मत प्राप्त गर्दै विजयी हासिल गरे ।

सचिव पदमा विकास कुमार सर्राफ १४६ मत सहित विजयी भए भने कोषाध्यक्ष पदमा विजय कुमार सर्राफ १५१ मत ल्याएर विजयी भए। संघको सदस्यहरूमा विजय कुमार सर्राफ आदर्श, मनोज कुमार साह सोनार, लछुमन कुमार सर्राफ, विजय कुमार सर्राफ भिम, शशी प्रसाद सोनार, सुरज सर्राफ विजयी भएका छन् । महिला सदस्यका रूपमा पुजा देवी निर्वाचित भएकी छिन् ।

शनिबार सम्पन्न भएको मतदानमा ३५० जना मतदातामध्ये ३२३ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस