अझै सुधारिएन नेपालको वैदेशिक व्यापार: आयात-निर्यात घट्यो, एक महिनामै सवा खर्बको व्यापार घाटा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ८, शनिबार (८ महिना अघि)
  • ५२ पटक पढिएको
अझै सुधारिएन नेपालको वैदेशिक व्यापार: आयात-निर्यात घट्यो, एक महिनामै सवा खर्बको व्यापार घाटा

भाद्र ८, काठमाडौँ ।  एक महिनामा नेपालले १ खर्ब बढीको आयात गरेको छ। भन्सार विभागले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा नेपालको कुल आयात १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने ०.६७ प्रतिशत कमी हो । अघिल्लो आवको साउन महिनामा भने १ खर्ब २९ अर्ब २३ कराड ८९ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

आयातसँगै निर्यात पनि घटेको छ । सो महिनामा नेपालको निर्यात ९.६३ प्रतिशत घटेको छ । अघिल्लो आवको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । चालु आवको सोही अवधिमा भने १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । साउन महिनामा मात्रै नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ छ । समिक्षा महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा भने १ खर्ब १६ करोड १५ करोड ९ लाख रुपैयाँ कायम भएको छ।

अघिल्लो आवको तुलनामा भन्सार राजश्व पनि ७.३० प्रतिशत वृद्धि भएको छ। आयात सामान्य गिरावट देखिएता पनि राजश्व भने बढेको हो । एक महिनामा सरकारले ३४ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ भन्सार राजश्व प्राप्त गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस