सुनकोशीमा खस्यो जिप: ३ जना बेपत्ता, १ जना पौडिएर बाँच्न सफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ८, शनिबार (७ महिना अघि)
  • ९८ पटक पढिएको
सुनकोशीमा  खस्यो जिप: ३ जना बेपत्ता, १ जना पौडिएर बाँच्न सफल

भाद्र ८,सिन्धुली । गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी प्रहरीले पाएको छ ।

हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस