डेंगु सङ्क्रमण: मृत्यु हुने सङ्ख्या चार पुग्यो, सर्तकता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • ६८ पटक पढिएको
डेंगु सङ्क्रमण: मृत्यु हुने सङ्ख्या चार पुग्यो, सर्तकता अपनाउन आग्रह

भाद्र १८,काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ । यसैबीच इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुबाट बच्न झुलको प्रयोग गर्न र सजग हुन आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस